दफा
कृषिमा सूचना तथा सञ्चार प्रविधि
११.८.१. सूचना तथा सञ्चार प्रविधिको नवीनतम प्रयोग मार्फत कृषि क्षेत्रको उत्पादकत्व, प्रतिस्पर्धी क्षमता र बजार विस्तार लगायतका विषयमा सम्बोधन गरिनेछ ।

११.८.२. कृषि क्षेत्रसंग सम्बन्धित सूचना तथा सञ्चार प्रविधिको विकास एवं यस प्रविधिमा आधारित सेवा प्रवाहमा निजी क्षेत्रको लगानी प्रोत्साहन गर्न विशेष कार्यक्रम ल्याईनेछ।